बिहीबार , कार्तिक २० गते २०८३
images
images

इलाम नगरपालिकाको प्रमुखमा चेम्जोङ र उपप्रमुखमा रिजाल : एमाले

एक्सप्रेस पाना
बैशाख १२, २०७९ सोमबार
  • 436
    SHARES
  • इलाम नगरपालिकाको प्रमुखमा चेम्जोङ र उपप्रमुखमा रिजाल : एमाले

    वैशाख १२ इलाम । नेकपा एमालेले इलाम नगरपालिकाको प्रमुखमा धिरेन चेम्जोङलाई उम्मेद्वार बनाउने भएको छ । यसअघि प्रमुखमा नरेन्द्रनाथ भट्टराईको नाम सार्वजनिक भएपछि असन्तुष्ट समुहले पार्टी कार्यालयमा तालाबन्दी गरेको थियो ।

    images

    एमालेको प्रदेश कमिटीले नगरपालिका प्रमुखमा चेम्जोङको नाम टुंगो लगाएपछि पार्टी कार्यालयमा लगाइएको ताला खोलिएको र मनोनयनमा लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा जाने तयारी भइरहेको छ ।

    Avatar

    images

    एमालेले नगरको उपप्रमुखमा सिता रिजालको नाम टुंगाएको  छ । नेपाली कांग्रेसबाट प्रमुखमा केदार थापा र उपप्रमुखमा विष्णु दाहाल उम्मेद्वार छन् ।