शनिबार, भाद्र २७ गते २०८३
images

हार्डवेयर गोदाममा भीषण आगलागी

एक्सप्रेस पाना
बैशाख १२, २०७९ सोमबार
  • 394
    SHARES
  • हार्डवेयर गोदाममा भीषण आगलागी

    वैशाख १२ भक्तपुर । को मध्यपुर थिमि नगरपालिका वडा नं.५ कमेरोटारस्थित हार्डवेयर गोदाममा आगलागी भएको छ । आइतबार राति ९ बजेर १० मिनेटबाट सुरु भएको आगलागी राति साढे दुई बजे मात्रै नियन्त्रणमा आएको थियो ।

    images

    मध्यपुर थिमि नगरपालिका वडा नं.६ बस्ने राजन प्रजापतिले सञ्चालन गर्दै आएको ग्रीन सि। ट्रेडिङ एण्ड राजन ग्रुपको बन्द हार्डवेयर गोदाममा अचानक आगलागी भएको थियो ।

    आगलागीको खबर प्राप्त हुनासाथ घटनास्थलमा प्रहरी, सशस्त्र प्रहरी बल, सेना र दमकल पुगेको थियो । आगलागीबाट अन्दाजी सात करोड पचास लाख बराबरको धनमाल नष्ट भएको अनुमान गरिएको छ । 

    images