बिहीबार , कार्तिक २० गते २०८३
images
images

काठमाडौं महानगर : सिंह र स्थापितको मनोनयन दर्ता कहिले ?

एक्सप्रेस पाना
बैशाख १२, २०७९ सोमबार
  • 409
    SHARES
  • वैशाख १२ काठमाडौं । पाँच दलीय गठबन्धनको साझा उम्मेदवार बन्ने भएकी कांग्रेस नेतृ सिर्जना सिंहले आज मनोनयन दर्ता गर्दैछिन् । मनोनयन दर्ता गर्न शान्ति बाटिका रत्नपार्कमा मध्याह्न १ बजे भेला भइ र्‍यालीसहित सिंह राष्ट्रिय सभा गृह जाने भएकी हुन् । 

    images

    सिंहलाई प्रमुख पदको उम्मेदवार बनाउने आजै मात्र टु‌गो  लगाएको हो ।  मनोनयन दर्ता गर्न उनीसँगै उपप्रमुख पदका उम्मेदवार रामेश्वर श्रेष्ठ जाने पनि जानेछन् । उनी नेकपा (एकीकृत समाजवादी) का हुन् । 

    यी दुई नेता अघि मध्याह्न १२ बजे भने नेकपा एमालेले प्रमुख पदमा उम्मेदवार छानेका केशव स्थापित र उपप्रमुख पदमा छानेकी सुनिता डंगोल मनोनयन दर्ता गर्न राष्ट्रिय सभा गृह जाने भएका छन् ।  
     

    images