बिहीबार , कार्तिक २० गते २०८३
images
images

सुरेन्द्रमान विजुक्छेले पाए पोखराको उपमेयरमा टिकट

एक्सप्रेस पाना
बैशाख १२, २०७९ सोमबार
  • 387
    SHARES
  • सुरेन्द्रमान विजुक्छेले पाए पोखराको उपमेयरमा टिकट

    वैशाख १२ पोखरा । जिल्लाको पोखरा महानगरपालिकाको उपमेयरको टिकट सुरेन्द्रमान विजुक्छेले पाएका छन् । कांग्रेस महानगर सभापतिसमेत रहेका विजुक्छेलाई कांग्रेस केन्द्रीय समितिले टिकट दिएको हो । गठबन्धनका आधारमा पोखराको उपमेयर कांग्रेसले पाएको छ भने मेयर एकीकृत समाजवादीले पाएको छ ।

    images

    योसँगै पोखरामा सत्ता गठबन्धनले मेयर उपमेयर दुवै पुरुष उठाएको हो । मेयरमा समाजवादीका जिल्ला अध्यक्ष धनराज आचार्यले टिकट पाइसकेका छन् । प्रदेश कार्यसमितिको सिफारिसको आधारमा विजुक्छेलाई टिकट दिइएको हो ।