बिहीबार , कार्तिक २० गते २०८३
images
images

एमालेबाट धनगढीको मेयरमा रणबहादुर र उपमेयरमा नन्दकला

एक्सप्रेस पाना
बैशाख १२, २०७९ सोमबार
  • 326
    SHARES
  • एमालेबाट धनगढीको मेयरमा रणबहादुर र उपमेयरमा नन्दकला

    वैशाख १२ धनगढी । नेकपा एमालेबाट धनगढी उपमहानगरको मेयरमा रणबहादुर चन्द र उपमेयरमा नन्दकला रानाले उम्मेदवारी दिएका छन् । मेयरका आकांक्षी चन्दले एमाले नेता दुर्गा जोशीको प्रस्ताव र जीवनकुमार बमको समर्थनमा उम्मेदवारी दर्ता गराएका हुन् । 

    images

    प्रस्तावक र समर्थक दुवै धनगढीको मेयर पदका आकांक्षी हुन् । 

    यसैगरी, उपमेयरका आकांक्षी रानाले लक्ष्मी केसीको प्रस्ताक र  कोइलीदेवी चौधरीको समर्थनमा उम्मेदवारी दर्ता गराएकी हुन् ।

    images

    उम्मेदवारी मनोनयनका क्रममा एमालेका केन्द्रीय सचिव लेखराज भट्ट, पोलिटब्युरो सदस्य नारदमुनि राना, प्रदेश सचिव धर्मराज पाठक लगायतको सहभागिता रहेको छ ।