शनिबार, भाद्र २७ गते २०८३
images

लागूऔषधसहित दुईजना पक्राउ

एक्सप्रेस पाना
बैशाख १२, २०७९ सोमबार
  • 253
    SHARES
  • लागूऔषधसहित दुईजना पक्राउ

    वैशाख १२ स्याङ्जा । जिल्लामा अवैध लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कास्की पोखरा महानगरपालिका-१२ बस्ने २० वर्षीय अभिषेक सुनार र सोही महानगरपालिका-१३ बस्ने १९ वर्षीय विमल थापा रहेका छन् ।

    images

    गल्याङ नगरपालिका–१ राम्दीबाट नियन्त्रित लागूऔषध फेनारगन २२ एम्पुल, नुर्फिन २१ एम्पुल डाइजेपाम २१ एम्पुल र २ थान सिरिञ्जसहित उनीहरू पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    बुटवलबाट पोखरातर्फ आउँदै गरेको ना४ख ३८९४ नम्बरको बसलाई राम्दी चेक पोइन्टमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

    images