बिहीबार , कार्तिक २० गते २०८३
images
images

आमाछोदिङमो गाउँपालिका दुई दलित महिला सदस्य निर्विरोध

एक्सप्रेस पाना
बैशाख १३, २०७९ मंगलबार
  • 440
    SHARES
  • आमाछोदिङमो गाउँपालिका दुई दलित महिला सदस्य निर्विरोध

    वैशाख १३ रसुवा । जिल्लाको आमाछोदिङमो गाउँपालिकामा दुई दलित महिला सदस्य निर्विरोध भएका छन् । ३० मा तय भएको स्थानीय तहको निर्वाचनका लागि सोमबार भएको मनोनयनमा गाउँपालिका-२ र ४ मा दलित महिला सदस्यमा एकल उम्मेदवार परेको हो । 

    images

    आमाछोदिङमो गाउँपालिकाको निर्वाचन अधिकृत शान्तिप्रसाद लुईंटेलका अनुसार वडा नम्बर-२ मा दलित महिला सदस्यमा दिलमाया विक र वडा नम्बर-४ मा दलित महिला सदस्यमा गममाया विकको एकल उम्मेदारी परेको हो ।

     यद्यपि निर्वाचन आयोगले निर्विरोधको औपचारिक घोषणा गरिसकेको छैन ।

    images