आइतबार, कार्तिक १६ गते २०८३
images
images

सुनको मूल्य ९९ हजार तीन सय रुपैयाँ

एक्सप्रेस पाना
बैशाख १३, २०७९ मंगलबार
  • 674
    SHARES
  • सुनको मूल्य ९९ हजार तीन सय रुपैयाँ

    वैशाख १३ काठमाडौँ । सुनको भाउ मंगलबार तोलामा नौ सय रुपैयाँले घटेका छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको ९९ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन तोलाको एक लाख दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

    images

    मंगलबार तेजावी सुनको भाउ तोलाको ९८ हजार आठ सय रुपैयाँ निर्धारण गरिएको छ । चाँदीको भाउ भने स्थिर नै छ । सोमबार एक हजार तीन सय ५० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि एक हजार तीन सय ५० रुपैयाँमा किनबेच भइरहेको छ ।