शनिबार, भाद्र २७ गते २०८३
images

भन्सारमा छलि ल्याएका विभिन्न चाँदीका गरगहनासहित दुई जना पक्राउ

एक्सप्रेस पाना
बैशाख १३, २०७९ मंगलबार
  • 367
    SHARES
  • भन्सारमा छलि ल्याएका विभिन्न चाँदीका गरगहनासहित दुई जना पक्राउ

    वैशाख १३ सिरहा । लहान नगरपालिका–३ अस्पतालचोकस्थित सगरमाथा होटल एण्ड लजबाट प्रहरीले चाँदीका गरगहनासहित दुई जनालाई पक्राउ गरेको छ । 

    images

    भन्सार छलि ल्याएका ७ केजी ६ सय ११ ग्राम बराबरको विभिन्न चाँदीको गरगहना सहित आइतबार प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । 

    पक्राउ पर्नेहरूमा मोरङ रंङेली नगरपालिका–९ बस्ने २७ वर्षीय उमेश बिश्वकर्मा र सोही ठाउँ बस्ने ३६ वर्षीय महेश कुमार बिश्वकर्मा रहेका छन् । 

    images

    ईलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले तलासी गर्दा उनीहरूको साथबाट उक्त परिमाणको चाँदीका गर–गहनाहरु फेला पारी पक्राउ गरेको हो । 

    उनीहरूलाई बरामद चाँदीका गरगहना सहित आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय ईटहरी सुनसरीमा बुझाइएको छ ।