बिहीबार , कार्तिक २० गते २०८३
images
images

वीरेन्द्रनगर नगरपालिकाको मेयरमा १७ जनाको उम्मेदवारी

एक्सप्रेस पाना
बैशाख १३, २०७९ मंगलबार
  • 319
    SHARES
  • वीरेन्द्रनगर नगरपालिकाको मेयरमा १७ जनाको उम्मेदवारी

    वैशाख १३ सुर्खेत । जिल्लाको वीरेन्द्रनगर नगरपालिकाको मेयरमा १७ जनाको उम्मेदवारी परेको छ । सोमबार भएको मनोनयन दर्तामा १७ जनाले मेयरको उम्मेदवारी दर्ता गराएका हुन् ।

    images

    नेपाली कांग्रेसबाट उपेन्द्र खड्का, नेकपा एमालेबाट मोहनमाया ढकाल, नेकपा माओवादी केन्द्रबाट राजेन्द्र गिरी, नेकपा एकीकृत समाजवादीबाट धनकुमारी जिसी, राप्रपाबाट मुकुन्दश्याम गिरीले मेयरमा उम्मेदवारी दर्ता गराएका छन् । 

    जनता समाजवादी पार्टीबाट  गगनबहादुर सारु, राष्टिय जनमोर्चाबाट विष्णुप्रसाद शर्मा, नेमकिपाबाट गोविन्दनाथ योगी, राष्टिय नागरिक पार्टीबाट टिकाराम रेग्मी, नेपाल दलित पार्टीबाट निलकन्ठ भुसाल, राष्टिय प्रजातन्त्र पार्टी नेपालबाट टंकप्रसाद रेग्मी, नेपाल परिवार दलबाट दिनेशप्रसाद काफ्ले उम्मेदवारी दिएका छन् ।

    images

    यस्तै, स्वतन्त्रबाट फस्टबहादुर हमाल, चिन्तामणि शर्मा, भीमप्रसाद शर्मा, सिद्धबहादुर खड्का र उमानन्द पङ्गालीले उम्मेदवारी दिएका छन् ।