बिहीबार , कार्तिक २० गते २०८३
images
images

माओवादी सांसदको राजीनामा लुम्बिनी प्रदेशसभाद्वारा गुपचुप

एक्सप्रेस पाना
बैशाख १३, २०७९ मंगलबार
  • 443
    SHARES
  • माओवादी सांसदको राजीनामा लुम्बिनी प्रदेशसभाद्वारा गुपचुप

    वैशाख १३ बुटवल । नेकपा माओवादी केन्द्रका प्रदेश सांसदले दिएको राजीनामा लुम्बिनी प्रदेशसभा सचिवालयले गुपचुप राखेको पाइएको छ । माओवादी केन्द्रको तर्फबाट लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित दिपेश थारूले चार दिनअघि दिएको राजीनामा प्रदेशसभा सचिवालयले गुपचुप राखेको हो । 

    images

    उनी बर्दिया जिल्ला निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । उनले स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा १३ को खण्ड (ग) को प्रयोजनको लागि भन्दै राजीनामा दिएका हुन् ।

    यही ९ वैशाखमा थारूले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका थिए । उनले आफ्नो राजीनामा प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तीलाई बुझाएका थिए । तर, उनको राजीनामा के कारणले गुपचुप राखिएको हो भन्नेबारे भने प्रदेशसभा सचिवालयले केही बताएको छैन ।

    images

    प्रदेशसभा सचिवालयले सोमबारको मितिमा जारी गरेको सूचनामा नेपालको संविधानको धारा १८० (क) बमोजिम थारुले जितेको उक्त निर्वाचन क्षेत्र रिक्त भएको जनाएको छ । 

    प्रदेशसभाद्वारा जारी सूचनामा भनिएको छ, 'प्रदेश सभाको बैठक चालु नरहेको अवस्थामा प्रदेशसभा नियमावली २०७४ को नियम १८५ को उपनियम २ बमोजिम जानकारीको लागि आदेशानुसार यो सूचनापत्र प्रकाशन गरिएको छ ।'न्युज कारखाना