बिहीबार , कार्तिक २० गते २०८३
images
images

गोरखामा वडा अध्यक्षसहित ९ पदमा एकजनाको मात्र उम्मेदवारी

एक्सप्रेस पाना
बैशाख १३, २०७९ मंगलबार
  • 230
    SHARES
  • गोरखामा वडा अध्यक्षसहित ९ पदमा एकजनाको मात्र उम्मेदवारी

    वैशाख १३ गोरखा । उत्तरी गोरखाको चुमनुव्री गाउँपालिकामा वडा अध्यक्षसहित नाै पदमा एक जनाले मात्र उम्मेदवारी मनोनयन दर्ता गरेका छन् । 

    images

    नेकपा माओवादी केन्द्रबाट वडा नम्बर ६ का वडा अध्यक्ष सरोज लामा, सदस्यहरू सोनाम लामा, डोल्मा लामा, ठिमे ग्याम्जो लामाको एकल उम्मेदवारी परेको निर्वाचन कार्यालय गोरखाले जनाएको छ ।   

    चुमनुव्री गाउँपालिका वडा नम्बर १ को सदस्य पदमा कांग्रेसबाट कर्म सन्डुप लामा, माओवादीबाट डेजेन डोल्मा, एमालेबाट पासाङ लामाको मात्र मनोनयन परेको छ ।

    images

    वडा नम्बर २ मा माओवादीको तर्फबाट लाक्पा डिकीको सदस्यमा एकल मनोनयन परेको छ । वडा नम्बर ५ को महिला सदस्यमा सोनाम साङ्गोकाे मनाेनयन परेकाे छ ।