वैशाख १४ काठमाडौं । उच्च व्यापार घाटा र विदेशी मुद्राको संचिति घट्न थालेपछि सरकारले आयातमा कडाइ गरेको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित गरेर विभिन्न १० बिलासीका वस्तु आयातमा रोक लगाएको हो ।
सरकारले आगामी असार मसान्तसम्मका लागि मोबाइल, २५० सिसीमाथिका मोटरसाइकल, गाडी, मदिरा, सुर्तीजन्यपदार्थ, खेलौनासहित १० वस्तु आयातमा रोक लगाएको हो ।
रोक लगाइएका सामग्रीहरू:
१. कुरकुरे, कुरमुरे, लेज र यस्तै उत्पादनहरु
२. सबै प्रकारका तयारी मदिरा (कच्चा पदार्थ बाहेक)
३. चुरोट तथा सुर्तीजन्य वस्तु (कच्चा पदार्थ बाहेक)
४. हिरा (औद्योगिक कच्चा पदार्थबाहेक)
५. ६०० अमेरिकी डलरभन्दा बढी मूल्य भएका मोबाइल सेट
६. ३२ इञ्चभन्दा माथिका रंगीन टेलिभिजन
७. जिप, कार र भ्यानहरू (एम्बुलेन्स र शववाहन बाहेक)
८. २५० सिसीभन्दा माथिल्लो क्षमताका मोटरसाइकल
९. सबै प्रकारका खेलौना
१०. खेल्ने तास
.jpg)


