बिहीबार , कार्तिक २० गते २०८३
images
images

जुम्लाका तीन पालिकामा विप्लव नेतृत्वको नेकपाको स्वतन्त्र उम्मेदवारी

एक्सप्रेस पाना
बैशाख १४, २०७९ बुधबार
  • 500
    SHARES
  • जुम्लाका तीन पालिकामा विप्लव नेतृत्वको नेकपाको स्वतन्त्र उम्मेदवारी

    वैशाख १४ जुम्ला । यसअघि चुनाव बहिष्कार गर्दै आएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले जुम्लाका तीन वटा पालिकामा उम्मेदवार दिएको छ । उनीहरूले जुम्लाको कनका सुन्दरी, सिजा र हिमा गाउँपालिकामा विभिन्न पदका लागि उम्मेदवार दिएका हुन् । 

    images

    कनकासुन्दरी गाउँपालिकाको  अध्यक्षको लागी कृष्ण सुनारले उम्मेदवारी दिएका छन् । त्यस्तै सिजा गाउँपालिकाको अध्यक्षको लागि यसअघि नेत्रविक्रम चन्द ‘विप्लव’का प्यारीलाल धितालले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । 

    त्यस्तै सिजा गाउँपालिकाको १ वडाध्यक्ष पदको लागी शक्त सिंह रोकायाले उम्मेदवारी दिएका छन् । सोही वडा महिला सदस्यको लागी गंगा रोकायाले उम्मेदवारी दर्ता गराएकी हुन् । 

    images

    त्यस्तै हिमा गाउँपालिका ६ वडाध्यक्षको लागी रमेश रावल, कमरेड (बिक्रन्तले)  उम्मेदवारी दिएका छन् । ६ वडाध्यक्षका लागी  स्वतन्त्र उम्मेदवारीका रमेश रावत 'विक्रान्त' यसअघि संसदीय व्यवस्था असफल छ यसलाई परिवर्तन गरेर जनताको व्यवस्था ल्याउनुपर्छ भनेर लागेको बत्ताउँछन् । उनले भने, 'यस पटक स्थानीय निर्वाचनका लागि वडाध्यक्ष पदको लागि स्वतन्त्र उम्मेदवार दिएको छु ।'

    उनले असक्षम, भ्रष्टाचारी तथा कमिसन खोर उम्मेदवारलाई रोजेका कारण  जनताले दुख पाएको बताए ।  उनले शिक्षित, विद्वान् दक्ष,क्षमतावान् युवा विद्यार्थी तथा साझा स्वतन्त्र उम्मेदवारलाई रोज्न अनुरोध गरेका छन् ।