शनिबार, भाद्र २७ गते २०८३
images

देशभर थप १,८७५ कोरोना संक्रमित, १२८६ जना निको २९ जनाको मृत्यु

एक्सप्रेस पाना
आषाढ २४, २०७८ बिहीबार
  • 311
    SHARES
  • देशभर थप १,८७५ कोरोना संक्रमित, १२८६ जना निको २९ जनाको मृत्यु


    २४ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार ८७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।‘मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ५०४ जनामा कोरोना परीक्षण भएको थियो । ५ हजार ३७४ पीसीआर परीक्षण गर्दा १ हजार २१८ जना र ५ हजार १३० एन्टिजेन परीक्षण गर्दा ६५७ गरी १ हजार ८७५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    images

    यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २९ जनाको मृत्यु भएको छ भने १ हजार २८६ जना निको भएका छन् । 
    यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ६ लाख ५१ हजार ३८० पुगेको छ । यो पीसीआर परीक्षणबाट पुष्टि संक्रमितको संख्या हो । यस्तै एन्टिजेन विधिबाट हालसम्म ४१ हजार ४६९ जनामा संक्रमण पुष्टि भएको छ । 
    यस्तै हालसम्म ६ लाख १५ हजार ६१३ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणबाट हालसम्म ९ हजार ३२० जनाले ज्यान गुमाएका छन् ।