वैशाख १५ काठमाडौं । आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि गोरखा जिल्लाको भिमसेन थापा गाउँपालिका वडा नम्बर छ बाट जनता समाजवादी (जसपा) नेपालको तर्फबाट वडा अध्यक्ष पदमा आफ्नो उमेदवारी खाडानन्द भट्टले दिएका छन् ।
उमेदवारी दिएपछि उनले भने 'मैले यस वडाको सुशासन, संवृद्वि तथा सर्वाङ्गीण बिकासको लागी जसपा नेपालको तर्फबाट वडा अध्यक्ष पदमा उपस्थित भयको ब्यहोरा अबगत गराउनुको साथै हजुरहरुको साथ सपोर्ट र अमूल्य मतको अपेक्षा गर्दछु ।'

वडाबासीको दुख सुखमा साथ दिदै आएका अध्यक्ष भट्ट विगत लामो समयदेखि राजनितीमा निष्ठावान कार्यक्रताका रुपमा रहिआएका भट्ट जनता समाजवादी(जसपा)नेपाल को सस्थापक सदस्य र हाल वार्ड नम्बर छ का पार्टी सभापति रहेका छ्न !
यस्तै उक्त पालिका अध्यक्षमा मिलन न्यौपाने, उपाध्यक्षमा रोहेणि प्रशाद पाण्डे (रोहित) रहेका छन् । यता वडा नम्बर ६ मा भट्टसँगै सिता लम्साल (दलित), हिरा भट्ट (महिला) रमेश श्रेष्ठ, अज्म तुल्लहा मिया खुल्ला सदस्य पदका उमेदवार रहेका छन् । भने भोलि निर्वाचन आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने भट्टले बताएका छन् ।
.jpg)


