बिहीबार , कार्तिक २० गते २०८३
images
images

एकीकृत समाजवादी जिल्ला अध्यक्षबाट राजीनामा दिएको भोलिपल्टै एमालेमा प्रवेश

एक्सप्रेस पाना
बैशाख १६, २०७९ शुक्रबार
  • 335
    SHARES
  • एकीकृत समाजवादी जिल्ला अध्यक्षबाट राजीनामा दिएको भोलिपल्टै एमालेमा प्रवेश

    वैशाख १६ हेटौंडा । नेकपा एकीकृत समाजवादी मकवानपुर जिल्ला अध्यक्षबाट राजीनामा दिएको भोलिपल्ट नै श्रीधर पोखरेल नेकपा एमालेमा प्रवेश गरेका छन् ।

    images

    एमाले विभाजन भएपछि पोखरेल समाजवादीतर्फ लागेका थिए । उनी फेरि एमालेमा फर्किएका हुन् । 

    उनलाई बिहीबार काठमाडौंमा भएको कार्यक्रममा एमाले अध्यक्ष केपी  ओलीले पार्टी प्रवेश गराएका हुन् । निर्वाचनपछि पार्टी कमजोर हुने भन्दै बुधबार उनी सहित सचिवालय सदस्यले समेत पार्टी परित्याग गरेको घोषणा गरेका थिए ।

    images

    नेकपा एसबाट उनी हेटौंडा उपमहानगरको मेयरका लागि पनि सिफारिस भएका थिए । उनले राजीनामा दिएपछि नेकपा एसको मकवानपुर अध्यक्षमा सूर्यचन्द्र न्यौपाने चयन भएका छन् ।