बिहीबार , कार्तिक २० गते २०८३
images
images

माओवादीका उम्मेदवार नै एमाले प्रवेश

एक्सप्रेस पाना
बैशाख १६, २०७९ शुक्रबार
  • 492
    SHARES
  • माओवादीका उम्मेदवार नै एमाले प्रवेश

    वैशाख १६ रसुवा । नेकपा (माओवादी केन्द्र) बाट रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा अध्यक्षका उम्मेदवार बनेका नेता नेकपा एमालेमा प्रवेश गरेका छन् । माओवादीको गाउँपालिका इन्चार्ज समेतको रहेका अध्यक्षका उम्मेदवार तेन्जिङ छेसाङ तामाङ एमालेमा प्रवेश गरेका हुन्।

    images

    वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उनले माओवादीबाट उम्मेदवारी दर्ता गराएका थिए । उनीसँगै गोसाइँकुण्ड गाउँपालिका-५ का वडाध्यक्षका उम्मेदवार पनि एमालेमा प्रवेश गरेका छन्।

    बिहीबार एक कार्यक्रमबीच एमाले नेताहरूले दुवै जनालाई फूलमाला लगाएरर पार्टीमा स्वागत गरेका छन्। एमाले नै सशक्त पार्टी भएको भन्दै माओवादीबाट दिएको उम्मेदवारीसमेत फिर्ता लिने गरी पार्टीमा प्रवेश गरेको तामाङको भनाइ छ। 

    images

    एमाले शीर्ष नेताहरूसँगको सल्लाह र परामर्शमा माओवादी छोडेको उनले बताए ।