बिहीबार , कार्तिक २० गते २०८३
images
images

‘भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह हो’ : राप्रपा हेटौँडा

एक्सप्रेस पाना
बैशाख १६, २०७९ शुक्रबार
  • 607
    SHARES
  • ‘भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह  हो’ : राप्रपा हेटौँडा

    वैशाख १६ हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रा) हेटौँडा उपमहागरपालिकाका उम्मेदवारले मन्दिरमा गएर सपथ लिएका छन् ।

    images

    हेटौँडा मेयर पदका उम्मेदवार दिपकबहादुर सिंह, उपमेयर उम्मेदवार इन्दिरा न्यौपानेसहित १९ वटै वडाका उम्मेदवारलाई हेटौँडा–४ स्थित भुवनेश्वर मन्दिरमा सामूहिकरुपमा ‘भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह  हो’ भनेर सपथ लिएका हुन् ।

    राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता नवराज विष्टले सपथ ग्रहण गराएका थिए ।

    images

    मेयरका उम्मेदवार सिंहले हेटौँडाको विकासमा समर्पित भइ यहाँको सुनौलो भविष्यको लागि आफूले निःस्वार्थ योगदान गर्ने बताए ।  उपमेयरकी उम्मेदवार न्यौपानेले हेटौँडाको मुहार फेरिने दाबी गरिन् ।