बिहीबार , कार्तिक २० गते २०८३
images
images

एमालेसँग भएको तालमेल अमान्य

एक्सप्रेस पाना
बैशाख १६, २०७९ शुक्रबार
  • 369
    SHARES
  • एमालेसँग भएको तालमेल अमान्य

    वैशाख १६ काठमाडौं । पाँच दलीय गठबन्धनमा रहेका दलहरू नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) ले गठबन्धनको निर्णयविपरीत गरेका तालमेलले मान्यता नपाउने भएको छ । 

    images

    गठबन्धनले यसअघि अन्य दलसँग तालमेल नगर्ने निर्णय गरेको थियो । तर, ठाउँ ठाउँमा निर्णयविपरीत तालमेल भयो । 

    शुक्रबारको निर्णयले भने त्यस्तो तालमेल खारेज हुने भएको हो । गठबन्धनमा रहेका दलहरू कांग्रेस र माओवादी केन्द्रले एमालेसँग केही जिल्लाको स्थानीय तहमा तालमेल गरेका छन् ।

    images

    प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राईको गृह जिल्ला भोजपुरको आमचोक गाउँपालिकामा एमाले–कांग्रेस तालमेल भएको छ । 

    गुल्मीको धर्कोटमा भने एमाले–माओवादीबीच तालमेल भएको छ । बाग्मती प्रदेशको सिन्धुपाल्चोकस्थित सुनकोसी गाउँपालिकामा पनि एमाले–माओवादी तालमेलको निर्णय बिहीबार भएको छ ।

    गठबन्धनको निर्णयविपरीत एमालेसँग भएका तालमेल शुक्रबार बसेको गठबन्धन बैठकले गरेको निर्णयले खारेज गर्ने भएको हो । 

    एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, माओवादी नेता राम कार्की र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनको गृह जिल्ला झापामा भने एमालेविरुद्ध राप्रपासँग मिलेर गठबन्धन दलले तालमेल गर्दै छन् ।