बिहीबार , कार्तिक २० गते २०८३
images
images

इन्द्रावती तीन कांग्रेस उम्मेदवार बानियाँको यस्ता छन् चुनावी प्रतिबद्धता !

एक्सप्रेस पाना
बैशाख १७, २०७९ शनिबार
  • 898
    SHARES
  • इन्द्रावती तीन कांग्रेस उम्मेदवार बानियाँको यस्ता छन् चुनावी प्रतिबद्धता !

    वैशाख १७ कुन्चोक । नेपाली कांग्रेस सिन्धुपाल्चोकका युवा नेता नेत्र बहादुर बानियाँले इन्द्रावती गाउँपालिका वडा नम्बर ३ को वडा अध्यक्षमा उम्मेदवारी दर्ता गराएसँगै आफ्नो ठाउँको विकासको लागि थुप्रै प्रतिबद्धता तयार पारेका छन् ।

    images

    नेपाली कांग्रेसको गत १४औं महाधिवेशनबाट वडा नम्बर ३ को उपसभापति पदमा चयन भएका बानियाँ लामो समयदेखि नेपाली कांग्रेसमा सक्रिय सदस्यको रूपमा राजनीति गरि रहेका छन् । बानियाँले यहीँ वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तह निर्वाचनमा वडा अध्यक्षमा उम्मेदवारी दिएका हुन् ।

    यस्तै उनले आफू निर्वाचित भएको खण्डमा कुन्चोकलाई एउटा नमुना गाउँ बनाउने भन्दै प्रतिबद्धता समेत तयारी पारी यतिबेला घरदैलो कार्यमा होमिएका छन् । गत ०७४ को स्थानीय तहको निर्वाचनमा पनि कांग्रेसले जितेको सोही वडा पुनः कांग्रेसले जित्ने दाबी गरेका छन् । गत चुनावमा कांग्रेस उम्मेदवार देवप्रसाद बानियाँ ३८५ मतका साथ विजयी भएका थिए । उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार केदार बहादुरलाई ६३ मल अन्तरले पराजित गरेका थिए ।

    images

    यता छन् नेत्र बहादुर बानियाँको चुनावी प्रतिबद्धता :

    - पातल देवीको मन्दिर स्तर उन्नतिसँगै देवी मुर्ति निर्माण

    - पर्यटकीय स्थल र मनोरञ्जनात्मक स्थलको ब्यवस्था

    - इन्द्रावती ३ मा इन्टरनेटको विस्तार

    - सिंहमती विद्यालयमा विज्ञान र कम्पूटर ल्यापको व्यवस्था

    - वडाका हरेक आधारभूत विद्यालयमा एक जना मावि स्तरका शिक्षकको व्यवस्था

    - गरिब तथा अशाहे विद्यार्थीलाई निशुल्क शिक्षा

    - वडा बासीमा जीवन बिमा, सेयर खातासँगै कृषिमा आत्मनिर्भर

    - कृषि क्षेत्रका लागि आवश्यक पर्ने बीउ- बिजन, मल तथा किटनाशक औषधीको सहजीकरण तथा अनुदान

    - कृषि सडकको विस्तार

    - गरिब तथा बिप्न परिवारलाई मुख्य चाडपर्वमा ५ हजारका दरले आर्थिक सहयोग

    - हरेक सार्वजनिक स्थलमा २०० मिटरको अन्तरालमा फोहोर राख्ने डस्बीनको ब्यवस्था

    - बाँहुने बेसीदेखि वडा कार्यलय खुतुमेडाँडा हुँदै, भोर्ले र जौडाँडासम्म जोड्ने सडकमा बाह्रै महिना सवारीसाधन चलाउन सहजीकरण हुनेगरी सडकको स्तर उन्नति साथै सडक विस्तारमा जोड

    - ५० बर्ष पूरा गरेका वडा बासी जनताको प्रत्येक ६/६ महिना निशुल्क स्वास्थ परिक्षण