बिहीबार , कार्तिक २० गते २०८३
images
images

एमाले अध्यक्ष ओली आज हेटौंडा आउँदै

एक्सप्रेस पाना
बैशाख १८, २०७९ आइतबार
  • 331
    SHARES
  • एमाले अध्यक्ष ओली आज हेटौंडा आउँदै

    वैशाख १८ हेटौंडा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज हेटौंडा आउँदै छन् । एमाले मकवानपुरले हेटौंडामा आयोजना गर्न लागेको आमसभालाई सम्बोधन गर्न ओली हेटौंडा आउन लागेका हुन् । 

    images

    स्थानीय तह निर्वाचनलाई केन्द्रित गरेर, अन्तरार्ष्ट्रिय श्रमिक दिवसको अवसरमा ओलीले सम्बोधन गर्नेछन् । आमसभामा मकवानपुरका १० वटै स्थानीय तहका एमालेका उम्मेदवार, नेता, कार्यकर्तासहित ४० हजार भन्दा बढीको सहभागिता रहने दाबी गरिएको छ । 

    आमसभाको सम्पूर्ण तयारी सकिएको एमाले मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठले जानकारी दिए । हेटौंडा उपमहानगरपालिकाका विभिन्न चार वटा नाकाबाट पैदल र्‍याली गरी हुप्राचौरमा आमसभा गरिने श्रेष्ठले बताए ।

    images