वैशाख १८ कुन्चोक । भनिन्छ, राजनीति पनि समाजको एउटा ऐना हो । राजनीतिक नेतृत्व समाजका 'आइडल' हुन् । उनीहरूले गर्ने हरेक व्यवहार, क्रियाकलाप, बोलीचाली जनताले नियाली रहेका हुन् ।
आसन्न स्थानीय तहको निर्वाचन पनि नजिकै आईसकेको छ । अबको १२ दिनमा निर्वाचन हुँदैछ । हो जनताले विगतमा भोगेका सबै दुख, पिडा, झुँटा आस्वसनले व्याकुल भएका छन् ।
सोही कार्य नदोहोर्याउन आशा र विश्वासको साथ इन्द्रावती ३ मा माओवादी केन्द्रबाट वडा अध्यक्ष पदमा उमेदवारी दिएका युवा नेता हुन् प्रेम बहादुर तामाङ ।
पछिल्लो परिवेश युवाहरुको राम्रो साथ र अग्रजहरुको हौसला पाएका तामाङ यतिबेला चुनावी माहोलमा होमिएका छन् । गत चुनावबाट आफ्नो वडामा भएका विकास निमार्णका कार्य लगायत जनताले पाएको सास्तीबाट सजक भई आफूले उम्मेदवारी दिएको उनले बताए ।
पार्टीमा सक्रिय रहेका उनी अग्रज र युवा पुस्ताको प्रेरणाको स्रोत हुन् । उनलाई पार्टीले टिकट दिनलाई विशेषत अग्रजहरुले नै हौसला दिएका थिए ।
इन्द्रावती गाउँपालिका माओवादी केन्द्रका उम्मेदवार, अध्यक्ष : ठूलोबाबू श्रेष्ठ ,उपाध्यक्ष : सुमित्रा बस्नेत 
टिकट पाएपछि उनी भन्छन्, 'गएको स्थानीय सरकारबाट इन्द्रावती ३ बासीले अपेक्षित रुपमा विकास नभएको कारण उनिहरु तितरबितर भएका छन् । उनीहरू सबैलाई समेट्ने र आफू जन अपेक्षित कार्य गर्ने तयार रहेको बताउँदै कांग्रेस एमालेको भोट काटी आफू निर्वाचित हुनेमा विश्वस्त रहेको छु ।'
'अहिलेको चुनाव विगतको झै एमाले, कांग्रेस माओवादीबीच प्रतिस्पर्धा हुनेछ । हाम्रोमा राप्रपा चौथो शक्तिको रुपमा रहेको छ । यस्तै हामी गएको चुनाव तेस्रो स्थानमा रहेको भए पनि अब पहिलो हुँदै वडाको विकासमा अग्रसर हुने योजनाको साथ अघि बढेको छु । मलाई लाग्छ वडा बासीले मेरो महत्त्व बुझ्नु हुनेछ ।'
उनी थप्छन् 'गएको चुनावको तुलनामा कांग्रेस अलि कमजोर बनेको छ । हामी सोही कमजोरी फाइदा उठाउँदै जनता केन्द्रित भएका छौं । मलाई लाग्छ यो निर्वाचनमा हाम्रो मुख्य प्रतिस्पर्धी एमालेको तर्फाबाट उम्मेदवारी दिनुभएका भिमसेन थापासँग हुनेछ ।'
यस्तै तामाङसँगै इन्द्रावती तीनमा नेकपा एमालेका भिमसेन थापा, नेपाली कांग्रेसका नेत्र बहादुर बानियाँ र राष्ट्रिय प्रजातन्त्र राप्रपाका बाबूराम बानियाँ रहेका छन् ।
तामाङको प्रतिबद्धता :
- शुद्ध खानेपानी तथा सिंचाइको ब्यवस्थापन
- उन्नत कृषिः किसानको समृद्धि
- गुणस्तरीय शिक्षा र स्वास्थ्यमा लगानी
- प्राविधिक शिक्षाको विस्तार र सामुदायिक विद्यालयमा गुणस्तर सुधार
- गाउँको पूर्वाधारः भरपर्दो सडक र यातायात
- पर्यटनको विकासः समृद्धिको आधार
- गाउँमा सुशासनः चुस्त, सदाचार एवं नागरिकमैत्री प्रशासन
- युवा, खेलकुद र मनोरञ्न
- सहकारी र गैरसरकारी संघसंस्था विकास
वैशाख ३० मा हुने निर्वाचनमा इन्द्रावती गाउँपालिकामा माओवादी केन्द्रबाट ठूलोबाबु श्रेष्ठ, अध्यक्ष सुमित्रा बस्नेत, उपाध्यक्ष, कांग्रेसबाट विकास लामा, अध्यक्षर दयालक्ष्मी मिश्र, उपाध्यक्ष एमालेबाट, झम्क नेपाल, अध्यक्षर शोभाना तामाङ, उपाध्यक्ष यता राप्रपा नेपालबाट बिष्णु मैनाली, अध्यक्षर गोमादेवी अधिकारी, उपाध्यक्ष रहेका छन् ।
०७४ को स्थानीय तहको निर्वाचनमा इन्द्रावती तीनको मत परिणाम :
१. नेपाली कांग्रेस : देव प्रसाद बानियाँ (३८५)
२. एमाले : केदार बहादुर (३२२)
३. माओवादी : कुमार बहादुर थापा (१०५)
४. राप्रपा : बाबुराम बानियाँ (३४)
हाल इन्द्रावती तीनमा १६५३ मतदाता रहेका छन् । तामाङसँगै इन्दावती तीनमा सदस्य आकाश आले मगर ,सदस्य भिमसेन आचार्य, महिला सदस्य पान माया तामाङ, दलित महिला सदस्य सावित्री बि.क रहेका छन् ।
.jpg)


