आइतबार, कार्तिक १६ गते २०८३
images
images

सुनको मूल्यमा गिरावट

एक्सप्रेस पाना
बैशाख १८, २०७९ आइतबार
  • 383
    SHARES
  • सुनको मूल्यमा गिरावट

    वैशाख १८ काठमाडौं । साताको पहिलो दिन सुनको भाउ आइतबार तोलामा दुई सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ तोलाको ९९ हजार कायम भएको छ । शुक्रबार सुन तोलाको ९९ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

    images

    आइतबार तेजावी सुनको भाउ तोलाको ९८ हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ पनि प्रतितोलामा २० रुपैयाँले घटेको छ । शुक्रबार एक हजार तीन सय २० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार एक हजार तीन सय रुपैयाँमा निर्धारण भएको छ ।