बिहीबार , कार्तिक २० गते २०८३
images
images

श्रमिकलाई प्राथमिकतामा राखेर पहिलाे श्रमिक अस्पताल बनाउँछाैं : सिमरा उपमेयरकी उम्मेदवार शाही

एक्सप्रेस पाना
बैशाख १८, २०७९ आइतबार
  • 494
    SHARES
  • श्रमिकलाई प्राथमिकतामा राखेर पहिलाे श्रमिक अस्पताल बनाउँछाैं : सिमरा उपमेयरकी उम्मेदवार शाही

    वैशाख १८ बारा । जितपुर सिमरा उपमहानगरपालिका उपमेयरकी उम्मेदवार मेघा शाहीले श्रमिकलाई प्राथमिकतामा राखेर पहिलो श्रमिक अस्पताल बनाउने बताएकी छन् । १३३ओैं अन्तराष्ट्रिय श्रमिक दिवसकाे अवसरमा नेपाल ट्रेड युनियन कांग्रेस बाराले आयाेजना गरेको कार्यक्रममा बाेल्दै शाहीले याे नगर श्रमिक नगर समेत रहेकाे बताईन् । सबै भन्दा बढी करिडाेर भएको नगर रहेको समेत उनले बताईन् ।

    images

    उनले फेरि पनि हाम्रो नगर बिरामी बनाउने हाे त? उनले प्रश्न गरिन । ” हामीले अघिल्लो पटक डाक्टर छान्याै तर हाम्रो नगरलाई बिरामी बनाए, अब याे नगरले बिरामी बनाउने डाक्टर हैन, सुन्दर बनाउने मान्छे खाेजेकाे छ जुन उध्श्य लिएर हामी आएका छाै ” उनले भनिन् ।नेपालकाे पहिलो भ्रष्टचारकाे सुचिमा रहेको नगर अघिल्लो केपी ओली नेतृत्वको सरकारले बनाएकाे भन्दै उनले सुशासनयसक्त नगर बनाउन आफूहरूलाई मत दिन आग्रह गरिन् ।