बिहीबार , कार्तिक २० गते २०८३
images
images

‘माेदी बुद्ध जयन्तीमा नेपाल आउने'

एक्सप्रेस पाना
बैशाख २०, २०७९ मंगलबार
  • 432
    SHARES
  • ‘माेदी बुद्ध जयन्तीमा नेपाल आउने'

    वैशाख २० काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी २ जेठ अर्थात् बुद्ध जयन्तीमा नेपाल भ्रमणमा आउने भएका छन् ।

    images

    भारतीय पत्रिका द हिन्दूले आफ्नो अनलाइन संस्करणमा उल्लेख गरेअनुसार माेदी १६ मेमा बुद्ध जयन्तीको अवसर पारेर नेपाल आउने तयारीमा छन् । 

    तर, यसबारे नेपालकाे परराष्ट्र मन्त्रालयले कुनै ‍औपचारिक टिप्पणी गरेकाे छैन । नेपालले २ जेठमा भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानकाे तयारी गरेकाे छ । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी माेदीबीच लुम्बिनीमा भेट हुने ठानिएकाे छ ।

    images

    प्रधानमन्त्री देउवाले एक महिनाअघि मात्र भारतकाे भ्रमण गरेका थिए । सन् २०१९ मा प्रधानमन्त्रीमा पुनर्निर्वाचित भएपछि मोदीको यो पहिलो नेपाल भ्रमण हुनेछ ।