शनिबार, भाद्र २७ गते २०८३
images

बालिकालाई यौन दुरुपयोग गरेको आरोपमा एक जना पक्राउ

एक्सप्रेस पाना
बैशाख २१, २०७९ बुधबार
  • 402
    SHARES
  • बालिकालाई यौन दुरुपयोग गरेको आरोपमा एक जना पक्राउ

    वैशाख २१ भोजपुर । ११ वर्षीया बालिकालाई यौन दुरुपयोग गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

    images

    पक्राउ पर्नेमा टेम्केमैयुङ गाउँपालिका–१ रिमचिम बस्ने ५७ वर्षीय कृष्ण देव राई रहेका छन् । उनलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो । 

    राईले ती बालिकालाई शनिबार दिउँसो पीडितकै घरमा यौन दुरुपयोग गरेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय दिल्पाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

    images

    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।