आइतबार, कार्तिक १६ गते २०८३
images
images

एकै दिन १४ सयले बढ्यो सुनको मूल्य

एक्सप्रेस पाना
बैशाख २२, २०७९ बिहीबार
  • 433
    SHARES
  • एकै दिन १४ सयले बढ्यो सुनको मूल्य

    वैशाख २२ काठमाडौं । साताको पाँचौ दिन नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीकै भाउ १४ सय रुपैयाँले बढेको छ । छापावाल सुन आज प्रतितोला ९८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । छापावाल सुन बुधबार ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

    images

    त्यस्तै महासंघका अनुसार तेजाबी सुनको मूल्य पनि बढेको छ । आज तेजाबी सुन ९८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार तेजाबी सुन ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

    त्यसैगरी, चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेको छ । आज चाँदी १३ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदी १२ सय ९० रूपैयाँमा कारोबार भएको थियो

    images