शनिबार, भाद्र २७ गते २०८३
images

लागु औषधसहित एक जना पक्राउ

एक्सप्रेस पाना
बैशाख २२, २०७९ बिहीबार
  • 510
    SHARES
  • लागु औषधसहित एक जना पक्राउ

    वैशाख २२ उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरले लागु औषधसहित एक जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले चेकजाँचको क्रममा त्रियुगा नगरपालिका– ३ त्रियुगा बसपार्कबाट त्रियुगा नगरपालिका– १२ का १९ वर्षिय पंकु मल्लिकलाई नियन्त्रणमा लिएको हो । 

    images

     प्रहरीले मल्लिकको साथबाट डाईजेपाम ९  एम्पुल, लुपिजेसिक ७ एम्पुल, फेनागर्न ८ एम्पुल गरी २४ एम्पुल प्रतिबन्धित लागु औषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकृत प्रहरी नायब उपरिक्षक सन्तोष आचार्यले जानकारी दिए ।

    मल्लिकलाई उदयपुर जिल्ला अदालतबाट ६ दिनको म्याद थप्प गरि अनुसन्धान थालिएको छ । उनलाई लागु औषध ऐनअनुसार कारबाही गरिने जनाइएको छ । 
     

    images