आइतबार, कार्तिक १६ गते २०८३
images
images

'आइएमई पे' र गोल्डस्टारबीच सम्झौता

एक्सप्रेस पाना
बैशाख २२, २०७९ बिहीबार
  • 431
    SHARES
  • 'आइएमई पे' र गोल्डस्टारबीच सम्झौता

    वैशाख २२ काठमाडौं । आइएमई ग्रुपद्वारा प्रवद्र्धित आइएमई डिजिटल सोलुसन लिमिटेड अन्तर्गत संचालित 'आइएमई पे’ र गोल्डस्टारबीच सम्झौता भएको छ । हालै राजधानी काठमाडौंमा एक विशेष कार्यक्रमको आयोजना गरी उक्त सम्झौता सम्पन्न गरिएको हो ।

    images

    सम्झौता अनुसार सबैभन्दा किफायती, टिकाउ र सुपर स्टाइलिश गोल्डस्टार जुत्ताहरूको खरिदमा अब आइएमई पेमार्फत भुत्तानी गर्दा ३० प्रतिशत देखि रू.३०० सम्मको छुटको व्यवस्था मिलाइएको छ । सम्झौता पत्रमा आइएमई पे को तर्फबाट सहायक महाप्रबन्धक श्री प्रमोदमान सिँह बस्नेत र गोल्डस्टारको तर्फ बाट ई–वाणिज्य प्रमुख श्री प्रवेश मिश्राले हस्ताक्षर गरेका हुन् ।

    २३ बैशाख २०७९, शुक्रबारका दिन देखि सुरु हुने यो सिमित समयको अफर हो जसमा गोल्डस्टार जुत्ता गोल्डस्टारको वेबसाइटबाट खरिद गर्दा Web Checkout मा र गोल्डस्टार जुत्ताका भौतिक आधिकारिक शोरुमहरूमा SMART QR मार्फत भुक्तानी गर्दा ३० प्रतिशत देखि रु ३०० सम्मकोछुट रहेको छ ।

    images

    उक्त योजनाको बारेमा बोल्दैआइएमई पेका सहायक महाप्रबन्धक प्रमोदमान सिँह बस्नेतले “आइएमई पे र गोल्डस्टारवीचको सम्झौताले हामी निकै उत्साहित भएका छौं र सोही सम्झौताबाट पुरानो प्रयोगकर्ताहरुको साथै नयाँ प्रयोगकर्ताहरुलाई डिजिटल प्रविधि चलाएर गोल्डस्टार जुत्ता खरिद गर्दा छुटको फाइदा उठाउन प्रोत्साहन दिनेछन्भन्ने कुरामा विश्वस्त रहेको बताउनु भयो । साथै गोल्डस्टारका ई–वाणिज्य प्रमुख प्रवेश मिश्राले“आइएमई पेसँगको सहकार्य आउँदा दिनहरुमा अझै बढाउँदै लानेकुरामा विश्वस्त छु” भने ।