बिहीबार , कार्तिक २० गते २०८३
images
images

गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन तरुण दलले गठन गर्‍यो परिचालन समिति

एक्सप्रेस पाना
बैशाख २३, २०७९ शुक्रबार
  • 352
    SHARES
  • गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन तरुण दलले गठन गर्‍यो परिचालन समिति

    वैशाख २३ काठमाडौं । नेपाली कांग्रेसको युवा संगठन तरुण दल नेपालले सत्ता गठबन्धनका उम्मेदवारलाई विजयी गराउन भन्दै प्रदेशमा ‘तरुण परिचालन समिति गठन गरेको छ ।

    images

    कांग्रेस उपसभापति एवं कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको निर्णयअनुसार तरुण दलले प्रदेहहरुमा ‘स्थानीय तह निर्वाचन प्रदेशस्तरीय तरुण परिचलान समिति’ गठन गरेको हो ।

    तरुणका अध्यक्ष विद्वान गुरुङका अनुसार ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई विजयी गराउन समिति परिचालन हुनेछ ।

    images

    तरुणले प्रदेश १ मा प्रभाकर थापा ‘संजय’, मधेसमा लोकेस सिंह, बागमतीमा कृष्णजी खड्का, गण्डकीमा मनोज गुरुङ, लुम्बिनीमा शक्तिसिंह ठकुरी र  सुदूरपश्चिममा विष्णु ऐडीको संयोजकत्वमा समिति गठन गरिएको हो ।