शनिबार, भाद्र २७ गते २०८३
images

बालिका बलात्कार आरोपमा पक्राउ

एक्सप्रेस पाना
बैशाख २३, २०७९ शुक्रबार
  • 345
    SHARES
  • बालिका बलात्कार आरोपमा पक्राउ

    वैशाख २३ उदयपुर । फरक क्षमता भएकी १६ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा एक युवालाई प्रहरीले पक्राउ गरेको छ ।

    images

    त्रियुगा नगरपालिका-३ त्रियुगा बसपार्कमा १६ वर्षीया बोल्न नसक्ने बालिकालाई बलात्कार गरेको अभियोगमा खोटाङ घर भई त्रियुगा नगरपालिका-३ मोतिगडा बस्दै आएका २८ वर्षीय राजन राउतलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले नियन्त्रण लिएको हो । 
    फरक क्षमता भएकी बालिकालाई जबरजस्ती करणी गरेको भन्दै पीडितका आफन्तले जिल्ला प्रहरी कार्यालय उदयपुरमा जाहेरी दिएपछि प्रहरीले राउतलाई नियन्त्रणम लिएर अनुसन्धान थालेको हो । उनलाई उदयपुर जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर प्रारम्भिक अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकृत प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यले जानकारी दिए ।