आइतबार, कार्तिक १६ गते २०८३
images
images

सुनको मूल्यामा गिरावट

एक्सप्रेस पाना
बैशाख २३, २०७९ शुक्रबार
  • 448
    SHARES
  • सुनको मूल्यामा गिरावट

    वैशाख २३ काठमाडौँ । साताको अन्तिम दिन सुनको भाउ तोलामा छ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ तोलाको ९८ हजार कायम भएको छ । बिहीबार सुन तोलाको ९८ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो ।

    images

    शुक्रबार तेजावी सुनको भाउ तोलाको ९७ हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले घटेको छ । बिहीबार एक हजार तीन सय पाँच रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार एक हजार दुई सय ८० रुपैयाँमा निर्धारण भएको छ ।