आइतबार, कार्तिक १६ गते २०८३
images
images

सनराइज बैंकले ल्यायो सनराइज दोब्बर मुद्दती योजना

एक्सप्रेस पाना
बैशाख २३, २०७९ शुक्रबार
  • 467
    SHARES
  • सनराइज बैंकले ल्यायो सनराइज दोब्बर मुद्दती योजना

    वैशाख २३ काठमाडौं । सनराइज बैंकले सनराइज दोब्बर मुद्दती योजना ल्याएको छ । आफ्नो बचतलाई निश्चित अवधिमा उच्चतम ब्याजदर प्रदान गर्न व्यक्तिगत ग्राहकहरूलाई लक्षित गरी ल्याइएको यस मुद्दतीमा ग्राहकहरुले न्यूनतम रु १००,००० जम्मा गरी मुद्दती खाता खोल्न सक्नेछन् । 

    images

    यो योजना अन्तर्गत सो रकम ७७ महिनामा दोब्बर भएर शत प्रतिशत प्रतिफल प्राप्त गर्न सकिने छ । 

    मुद्दती योजनाको अन्तरालमा ग्राहकलाई रकम आवश्यक परेमा ९० प्रतिशतसम्मको ऋण लिन पनि सकिनेछ ।

    images

    यस्तै विशेष सुविधाहरूमा ग्राहकलाई क्रेडिट कार्ड जारी गर्दा लाग्ने शुल्क मिनाहा गरिएको साथै उपलब्धताका आधारमा लकरको वार्षिक शुल्क समेत मिनाहा गरिएको छ ।  

    यसै गरी ग्राहकहरुलाई सधै प्राथमिकतामा राख्दै आएको बैंकले ग्राहकहरुको बचत मात्र नभई उनीहरुको स्वास्थ्यमा पनि साथ दिदै हरेक बचत खाता स्वास्थ्य बीमा प्रदान गर्दै आएको छ । साथै नारीहरूलाई बचत गर्न उत्प्रेरणा र उनीहरुको स्वास्थ्य सुरक्षामा साथ दिने उद्देश्य स्वरुप बैंकले नारी बचत खाता भएका महिलाहरुलाई रु ५ लाख सम्मको घातक रोग खर्च रु १०,००० सम्मको प्रसुती खर्च समेत प्रदान गर्दै  आएको छ ।

    बैंकको हाल १३९ वटा शाखा, १२ वटा एक्सटेन्सन काउण्टर, १५७ वटा ए.टि.एम र ९० वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।