आइतबार, कार्तिक १६ गते २०८३
images
images

नौ महिनामा २० करोडको छाता नेपाल भित्रियो

एक्सप्रेस पाना
बैशाख २३, २०७९ शुक्रबार
  • 485
    SHARES
  • नौ महिनामा २० करोडको छाता नेपाल भित्रियो

    वैशाख २३ काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा नेपालमा करिव २० करोड रुपैयाँको छाता भित्रिएको छ । २०७८ साउनदेखि चैत मसान्तसम्मको अवधिमा ती छाता नेपालमा भित्रिएको भन्सार विभागले जनाएको हो । विभागका अनुसार सो अवधिमा १९ करोड ९० लाख ६३ हजार रुपैयाँको १७ लाख ६३ हजार १२६ थान छाता नेपालमा भित्रिएको छ ।

    images

    नेपालमा छाता चीन, भारत, क्रोएसिया, हङकङ, इजरायल, दक्षिण कोरिया, सिंगापुर, थाइल्याण्ड र बेलायतबाट आउने गरेको छ । 

    पछिल्लो नौ महिनामा चीनबाट मात्र नेपालमा १७ करोड ९ लाख ६० हजार रुपैयाँको छाता आएको छ । गत आर्थिक वर्ष २०७७/७८ मा नेपालले विभिन्न देशबाट ३५ करोड १९ लाख ७९ हजार रुपैयाँको छाता आयात गरेको विभागको तथ्याङ्कले देखाउँछ । 

    images