वैशाख २५ युवानेता पिटरको पहलमा बाबुरामको गृहवडामा दजनौको सङ्ख्यामा जसपा प्रबेश नजिकिदो चुनावी माहोलसङ्गै गोरखा जिल्ला पालुङ्टार नगरपालिका स्थित वडा नम्बर १ को सातदोबाटोमा दर्जनौको सङ्ख्यामा विभिन्न पार्टीबाट स्थानीय प्रबेश गरेका छन् । स्थानीयको बिचमा लोकप्रिय युवानेता पिटर कुमार श्रेष्ठको बिशेष पहलमा विभिन्न पार्टीबाट ७० जना ब्यक्तिहरु जसपा प्रबेश गरेका हुन् । निर्णायक मानिएको मत जसपा प्रबेश सङ्गै जसपाको जित झनै सुनिश्चित बनेको कुरामा पार्टी नेता कार्यकर्ताहौ मात्रै नभै स्थानीय जनता समेत ढुक्क देखिएका छन् । पुर्वप्रधानमन्त्री एबम् जनता समाजबादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराई, जसपा कार्यकारिणी समिती सदस्य हिसिला यमि, गण्डकी प्रदेश सरकारका उर्जा जलस्रोत तथा खानेपानी मन्त्री मा. हरिशरण आचार्य, जसपा पालुङ्टारको तर्फबाट मेयर पदको उम्मेदवार प्रेम बहादुर गुरुङ, वडा नम्बर १ को वडा अध्यक्षको उम्मेदवार कृष्ण बहादुर परियार लगायतको उपस्थितिमा भएको कार्यक्रममा बक्ताहरुले चुनावी प्रतिबद्धताहरु ब्यक्त गर्नुभएको थियो ।



.jpg)

