शनिबार, भाद्र २७ गते २०८३
images

काठमाडौँ उपत्यकामा कोरोना जोखिम बढ्यो, उच्च संयमता अपनाउनुपर्नेमा जोड 

एक्सप्रेस पाना
भाद्र २, २०७८ बुधबार
  • 338
    SHARES
  • काठमाडौँ उपत्यकामा कोरोना जोखिम बढ्यो, उच्च संयमता अपनाउनुपर्नेमा जोड 

    काठमाडौँ । देशभर कोरोनाको उच्च जोखिम रहेसँगै काठमाडौँ उपत्यका  सङ्क्रमितको संख्या बढ्दो छ । प्रत्येक दिन पाँच - छ सयको हाराहारीमा सङ्क्रमित हुने गरेकोमा मङ्गलबार उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या बढेर एक हजार नाघिसकेको छ । 

    images

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौँमा मङ्गलबार ६७३ जना सङ्क्रमित थपिएका छन्। यस्तै भक्तपुरमा १४१ सङ्क्रमित थपिँदा ललितपुमा २१९ जना सङ्क्रमित एकैदिन थपिएका हुन्।

    मङ्गलबार काठमाडौँ उपत्यकामा मात्र एक हजार ३३ जना कोरोना सङ्क्रमित थपिएका हुन्। ११ हजार ५६५ जनाको पीसीआर तथा छ हजार १२४ जनाको एन्टिजेन विधिबाट गरी कुल १७ हजार ६८९ जनाको कोरोनाको नमुना परीक्षण भएको छ। कोरोनाको उच्च महामारी बढेसँगै संयमता अपनाउनुपर्नेमा स्वास्थ्य मन्त्रालयलको सुझाव रहेको छ । 

    images