आइतबार, कार्तिक १६ गते २०८३
images
images

नेपाल टेलिकमद्वारा निर्वाचन अफर घोषणा, कहिले बाट लागु हुन्छ ?

एक्सप्रेस पाना
बैशाख २५, २०७९ आइतबार
  • 366
    SHARES
  • नेपाल टेलिकमद्वारा निर्वाचन अफर घोषणा, कहिले बाट लागु हुन्छ ?

    वैशाख २५ काठमाडौं । ३० वैशाखमा हुन गइरहेको स्थानीय तहको निर्वाचनको सन्दर्भमा नेपाल टेलिकमले जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल सेवामा निर्वाचन अफर उपलब्ध गराउने घोषणा छ । 

    images

    जसअनुसार ९८ रुपैयाँमा आवश्यकता अनुसार जुनसुकै नेटवर्कमा पनि प्रयोग गर्न सकिने भ्वाइस अफर र एसएमएस अफरका साथै डाटा अफर प्रयोग गर्न सकिने गरी व्यवस्था मिलाइएको टेलिकमले जनाएको छ ।

    यो अफर बैशाख २५ देखि जेठ ४ गते सम्म उपलब्ध हुने टेलिकमका प्रवक्ता शोभन अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । कम्पनीका अनुसार ३ दिन सम्म सबै नेटवर्कमा २०० मिनेट कुराकानी गर्न सकिने २०० मिनेट भ्वाइस प्याक जम्मा रु.९८ मा उपलब्ध हुनेछ । यस्तै ३ दिनसम्म जुनसुकै नेटवर्कमा पनि पठाउन सकिने ३०० वटा एसएमएस सहितको ३०० एसएमएस प्याक पनि रु.९८ मा उपलब्ध हुनेछ । 

    images

    त्यसैगरी ३ दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी डाटा प्याक जम्मा रु.९८ मा खरिद गर्न सकिने छ । निर्वाचनको समयमा उपलब्ध हुने यस अफरबाट ग्राहकहरुले उल्लेख्य लाभ प्राप्त गर्ने अपेक्षा कम्पनीले गरेको छ ।