शनिबार, भाद्र २७ गते २०८३
images

यौन दुर्व्यवहार गरेको आरोपमा एक जना पक्राउ

एक्सप्रेस पाना
बैशाख २५, २०७९ आइतबार
  • 325
    SHARES
  • यौन दुर्व्यवहार गरेको आरोपमा एक जना पक्राउ

    वैशाख २५ तेह्रथुम । १५ वर्षीया किशोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

    images

    पक्राउ पर्नेमा लालिगुराँस नगरपलिका–३ मुसाङखेल बस्ने १९ वर्षीय अनिस बस्नेत रहेका छन् । उनलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो । 

    ती किशोरीलाई घर नजिकैको बारीमा बस्नेतले यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बसन्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

    images

    घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।