बिहीबार , कार्तिक २० गते २०८३
images
images

चिशंखुगडी गाउँपालिका ५ मा कांग्रेसको चुनावी अभियान तिब्र

एक्सप्रेस पाना
बैशाख २५, २०७९ आइतबार
  • 814
    SHARES
  • चिशंखुगडी गाउँपालिका ५ मा कांग्रेसको चुनावी अभियान तिब्र

    विज्ञान कार्की , ओखलढुंगा । जिल्लाको चिशंखुगडी गाउँपालिका वडा नं.५ मा नेपाली काँग्रेसले आफ्नो चुनावी अभियानलाई तिव्र बनाएको छ ।

    images

    ओखलढुङ्गा वडा नं. ५ मा नेपाली कांग्रेसको तर्फबाट कर्ण बहादुर कार्की वडाअध्यक्षको उम्मेदवारी दिएका छन् । कर्ण बहादुर कार्की १५ वर्षदेखि नेपाली कांग्रेसमा सक्रिय हुँदै आएका छन् साथै नेपाली कांग्रेसको वडा सभापति हुँदै अहिले स्थानिय तहको वडा अध्यक्षमा चुनावी मैदानमा अग्रसर भएका छन् । साथै उनले लामो समय शिक्षण पेशामा कार्यरत रही स्थानीय क्षेत्रमा समाज सेवी व्यक्तिको परिचय बनाउन सफल कार्कीको उम्मेदवारी चुनावी घर दैलो अभियानमा व्यस्त छन्।

    निर्वाचन आफ्नो जित भएमा वडाको विकासका लागि प्रदेश र सङ्घीय सरकार सम्म योजना लिएर जाने, वडाको बजेट पारदर्शी ढङ्गले विनियोजन गर्ने, थुम्की चिसापनीको सड्क पुनः निमार्ण गर्ने, वडामा खाने पानीको व्यवस्थाका लागि एक घर एक धाराको ब्यवस्था गर्ने, चिसापानीलाई पर्यटकीय स्थलको रुपमा बिकास गर्ने, बेरोजगारहरुको लागी सिपमुलक तालिमको ब्यवस्था गर्ने जस्ता योजनामा आफ्नो ध्यान जाने बताए ।

    images

    साथै उनले आफू कहिल्यै पनि भ्रष्टाचार नगरी यस पटकको स्थानिय निर्वाचनमा वडाअध्यक्ष पदमा आमूल्य मतदान गरेर विजयी बनाइदिन ओखलढुङगा जिल्लाको चिशंखुगढी गाउपालिका वडा नं. ५ वडावासीसंग अनुरोध गरेका छन् । उनले आफू विजयी भएमा बेइमान नगरी निष्ठापूर्वक वडावासीको सुख दुःखमा साथ दिने प्रतिबद्धता जाहेर गरेका छन् ।