बिहीबार , कार्तिक २० गते २०८३
images
images

बाबुराम भट्टराईको गृहनगर पालुङटारमा सबैको ध्यान

एक्सप्रेस पाना
बैशाख २६, २०७९ सोमबार
  • 637
    SHARES
  • बाबुराम भट्टराईको गृहनगर पालुङटारमा सबैको ध्यान

    वैशाख २६ गोरखा । स्थानीय निर्वाचनबाट आगामी पाँच वर्षका लागि गोरखामा चार सय ९२ जना नयाँ जनप्रतिनिधि चुनिँदैछन् । दुई नगरपालिकासहित ११ वटा स्थानीय सरकार रहेको गोरखामा ९४ वटा वडा छ ।  अहिले यी सबै स्थानीय तहमा दलहरू चुनावी प्रचारप्रसारमा व्यस्त छन् । 

    images

    जिल्लामा सत्तारुढ दल (कांग्रेस, माओवादी, जसपा र नेकपा एस) को गठबन्धनका लागि प्रयास भए पनि भागबन्डा मिलेन । सत्तारुण दलका शीर्ष नेताहरूको आफ्नो निर्वाचन क्षेत्रमा पकड लिने र साख जोगाउने स्वार्थका कारण गठबन्धन हुन नसकेको हो । 

    Avatar

    images

    अहिले कतिपय पालिकामा सत्तारुढ गठबन्धनका दलहरू एकल प्रतिस्पर्धामा छन् भने कतिपय ठाउँमा गठबन्धन पनि गरेका छन् । गठबन्धन नभएको र आफूहरू कमजोर भएको गृहपालिकामा सबै राजनीतिक दलका शीर्ष नेताहरू जोडबलका साथ आफ्नो उम्मेद्वारलाई जिताउने अभियानमा खटिरहेका छन् । 

    पालुङटारमा सबैको ध्यान

    जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई गत शुक्रबारदेखि गृहनगर पालुङटारमा चुनावी अभियानमा सक्रिय छन् । उनले आफ्नो पार्टीको मेयर पदका उम्मेद्वारलाई जिताउन कांग्रेससँग गठबन्धन गर्ने अनेक तिक्डम अपनाएका थिए । तर, पालुङटार जसपालाई छाड्न कांग्रेस तयार भएन । अन्तत:  अहिले त्यहाँ सबै दल एक्लाएक्लै चुनावी प्रतिस्पर्धा गर्दैछन् ।

    Avatar

    आफ्ना उमेद्वार जिताउने र आफ्नो गृहनगरमा पार्टीको पकड थप बलियो बनाएर साख जोगाउने भट्टराईको सपना गठबन्धनले पूरा गर्न सकेन । त्यसैले उनी हप्ता दिनदेखि गोरखा नछाडेर पालुङटार केन्द्रित चुनावी प्रचारप्रसारमा व्यस्त छन् । भट्टराईको सचिवालयका अनुसार उनी कहिले बिहान ६ देखि राति १२ बजेसम्म चुनावी कार्यक्रममा सहभागी हुने गरेका छन् ।

    Avatar

    २०७४ को स्थानीय तहको मतपरिणाम हेर्दा पालुङटार नगरपालिकामा कांग्रेस पहिलो, माओवादी दोस्रो र जसपा तेस्रो र एमाले चौथौ शक्तिको रूपमा थियो ।