आइतबार, कार्तिक १६ गते २०८३
images
images

थाहा पाउनुहोस् सुन चाँदिको भाउ

एक्सप्रेस पाना
बैशाख २६, २०७९ सोमबार
  • 435
    SHARES
  • थाहा पाउनुहोस् सुन चाँदिको भाउ

    वैशाख २६ काठमाडौं । साताको दोस्रो दिन आज (सोमबार) सुनको भाउ बढेको छ, भने चाँदीको स्थिर रहेको छ । छापावाल सुन आज प्रतितोला १ सय रुपैयाँले बढेर ९८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । छापावाल सुन आइतबार ९८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

    images

    त्यस्तै महासंघका अनुसार तेजाबी सुनको मूल्य पनि १ सय रुपैयाँले बढेको छ । आज तेजाबी सुन ९८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार तेजाबी सुन ९८ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।


    त्यसैगरी, चाँदीको मूल्य स्थिर रहेको छ । आज चाँदी १२ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी १२ सय ८५ रूपैयाँमा कारोबार भएको थियो ।

    images