बिहीबार , कार्तिक २० गते २०८३
images
images

एमालेले जिते स्थानीय तह भंग हुन सक्छ : शेरबहादुर देउवा

एक्सप्रेस पाना
बैशाख २६, २०७९ सोमबार
  • 405
    SHARES
  • एमालेले जिते स्थानीय तह भंग हुन सक्छ : शेरबहादुर देउवा

    वैशाख २६ धनगढी । प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले आसन्न स्थानीय तह निर्वाचनमा एमालेलाई जिताए स्थानीय तह नै भंग हुन सक्ने बताएका छन् । 

    images

    धनगढीमा सोमबार आयोजित पाँँच दलीय गठबन्धनको संयुक्त आमसभालाई सम्बोधन गर्दै उनले दुईपटक प्रतिनिधिसभा विघटन गरेको एमालेले स्थानीय तहमा जिते स्थानीय तह नै विघटन गर्न सक्ने बताए । 

    ‘संसद विघटन गर्ने एमालेले जिते, उसले स्थानीय तह नै विघटन गर्न सक्छ,’ देउवाले भने, ‘संसद विघटन गर्ने, चल्न नदिने एमालेलाई जिताउनु भनेको स्थानीय तह, प्रदेश र संसद नै विघटन गर्न सक्छ ।’ 

    images

    ३० वैशाखमा देशभर स्थानीय तह निर्वाचन हुँदै छ । कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीच स्थानीय तहमा गठबन्धन भएको छ ।