बिहीबार , कार्तिक २० गते २०८३
images
images

भट्टेडाँडामा एमाले उम्मेदवारको गाडी तोडफोड

एक्सप्रेस पाना
बैशाख २७, २०७९ मंगलबार
  • 364
    SHARES
  • भट्टेडाँडामा एमाले उम्मेदवारको गाडी तोडफोड

    वैशाख २७ ललितपुर । भट्टेडाँडामा एमाले उम्मेदवार चढेको गाडी तोडफोड भएको छ । युवा संघ नेपाल बागमती-३ का अध्यक्ष सन्तोष खड्काका अनुसार बागमती गाउँपालिका-३ बुलाका वडासदस्य नारायण भोम्जन उम्मेदवारको गाडी तोडफोड भएको हो ।कांग्रेसका कार्यकतार्ताले गाडी तोडफोड गरेको उनले जिकिर गरे ।

    images

    उनले भने, गाडी भिरालो ठाउँमा नभएकाले तत्काल दुर्घटना हुन पाएन । ब्रेकको तार निकालेको थाहा पाएपछि हामी रातभर गाडीमै बस्यौं ।

    खड्काले गाडी झण्डा पनि निकालेर फ्याकिएको बताए । उनले भने,‘साँझ ७ बजेर ३० मिनेटमा बुलाकी चौर पुगेका थियौं । राती १० बजेर ३० मिनेटमा फर्कदा गाडी तोडफोड गरेको अवस्था रहेको भेट्टियो ।’

    images

    निर्वाचनको क्रममा भोट माग्नका लागि पार्टीका कार्यकर्ता गणेश जिम्माको घरमा गएको खड्काले बताए । उनले भट्टेडाँडा प्रहरी चौकीलाई राति नै सुरक्षाका लागि खबर गरेको उनले बताए ।

    कांग्रेस गाउँपालिकाका सभापतिसमेत रहेका पालिकाका अध्यक्षका उम्मेदवार विरबहादुर लोप्चनले यस विषयमा आफूलाई जानकारी नभएको बताए ।