आइतबार, कार्तिक १६ गते २०८३
images
images

सुनको मूल्यमा गिरावट

एक्सप्रेस पाना
बैशाख २७, २०७९ मंगलबार
  • 659
    SHARES
  • सुनको मूल्यमा गिरावट

    वैशाख २७ काठमाडौं । साताको तेस्रो दिन नेपाली बजारमा सुनचाँदी भाउ गिराट आए । छापावाल सुनको मूल्य प्रतितोला रु ७०० ले घटेर रु ९८ हजार तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु ९८ हजार ७०० मा कारोबार भएको थियो ।

    images

    नेपाल सुन–चाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार ५०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९८ हजार २०० थियो ।

    त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले घटेर रु एक हजार २७५ तोकिएको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८६३ डलर आसपास कारोबार भइरहेको छ ।

    images