वैशाख २९ कुन्चोक । शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि इन्द्रावती गाउँपालिका ३ मा सम्पूर्ण तयारी पूरा भएको छ ।
निर्वाचन अधिकृत गोविन्द कोइरालाका अनुसार निर्वाचन आयोगले दिएको निर्देशिका अनुसार विभिन्न सुचना जारी गरी सर्वदलीय बैठकले सहमति गर्नुपर्ने कुराहरुमा सहमति समेत गरि तयारी पूरा गरिएको बताएका छन् ।
कोइरालाले हामी सँग कुरा गर्दै भने, हामीले विभिन्न सूचना जारी गर्नुका साथै मतदाता परिचय पत्र बढ्ने, मतदानको लागि आवश्यक फर्निचर, मतदान गर्न जानको लागि दुईवटा लाइनको व्यवस्थापन, मतदान गर्ने स्थानमा त्रिपालको ब्यवस्थापन समेत गरेका छौं । उनले थपे यहाँका मतदाता कतिबेला मतदान गर्न पाइन्छ भनेर तयारी अबस्थामा रहनु भएको छ ।
प्रतिनिधि र स्वयंसेवकको लागि कार्डको ब्यवस्थापन समेत गरिसकेको उनले बताए । यस्तै सुरक्षाको लागि ६ जना नेपाल प्रहरी, ४ जना म्यादी प्रहरी लगायत स्थानीय २ जना स्वयंसेवकको ब्यवस्था समेत गरि सकेको छ ।
इन्द्रावती तीनमा मुख्य चार दलको प्रतिस्पर्धा हुने देखिएको छ । जसमा नेकपा माओवादी केन्दका प्रेमबहादुर तामाङ, नेकपा एमालेका भिमसेन थापा, नेपाली कांग्रेसका नेत्रबहादुर बानियाँ र राप्रपाका बाबुराम बानियाँबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ । साविकको गाविस भवन खुतुमेडाँडामा मतदान केन्द्र निर्धारण गरिएको छ ।
.jpg)


