बिहीबार , कार्तिक २० गते २०८३
images
images

चन्द्रनगर–१ मा कांग्रेस विजयी

एक्सप्रेस पाना
जेठ १, २०७९ आइतबार
  • 285
    SHARES
  • चन्द्रनगर–१ मा कांग्रेस विजयी

    जेष्ठ १ सर्लाही । जिल्लाको चन्द्रनगर गाउँपालिकाको वडा नम्बर १ मा नेपाली कांग्रेसका उमेद्वार विजयी भएका छन् । नेपाली कांग्रेसबाट वडाध्यक्ष पदमा उम्मेदवारी दिएका रामेश्वर प्रसाद महतो विजयी भएका हुन् । महतोले निकटतम प्रतिस्पर्धीभन्दा दोब्बर बढी मत प्राप्त गरे । उनको  पक्षमा ६ सय ४६ मत परेको छ । यस्तै, महतोका निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०का उम्मेदवार  सुशिल कुमार राय यादवले ३ सय ७१ मत मात्र प्राप्त गरे । 

    images

    यस्तै, गाउँपालिकामा पनि नेपाली कांग्रेसले अग्रता कायम गरिरहेको छ । पछिल्लो मत परिणामअनुसार मेयर पदको लागि कांग्रेसका उम्मेदवारको पक्षमा ७ सय ८० मत परेको छ । लोकतान्त्रिक समाजवादी  र नेकपा (माओवादी केन्द्र) का उम्मेदवारलाई क्रमशस्३ सय ५७ र २ सय ९७ मत परेको छ । 

    उपमेयर पदमा नेपाली कांग्रेसकी  मंजु देवीलाई ५ सय ८४ मत परेको छ भने लोसपाकी उम्मेदवार कुन्तिदेवी साहलाई ३ सय ४९ र माओवादी केन्द्रकी उम्मेदवार  गिता देवी महतोलाई ३ सय ८५ मत परेको छ । 

    images