बिहीबार , कार्तिक २० गते २०८३
images
images

ललितपुर कोञ्ज्योसोममा एमाले अगाडि

एक्सप्रेस पाना
जेठ १, २०७९ आइतबार
  • 210
    SHARES
  • ललितपुर कोञ्ज्योसोममा एमाले अगाडि

    जेष्ठ १ ललितपुर । जिल्लाको कोञ्ज्योसोम गाँउपालिकामा जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार अगाडि देखिएका छन् । 

    images

    मतदान अधिकृत देवीकुमारी चौधरीका अनुसार नेकपा एमालेका रोहन लामाले एक हजार पाँच सय ३३ मत पाएका छन् भने गठबन्धनका उम्मेदवार गोपिलाल सिङ्तानले नौ सय ७५ मत पाएका छन् । उपमेयरमा पनि नेकपा एमालेकी रनिता तामाङले एक हजार ६४ मत पाएकी छिन् भने गठबन्धनका उपमेयर उम्मेदवार राजनप्रसाद घिमिरेले एक हजार दुई सय एक मत पाएका छन् ।

    गाउँपालिकामा मत गणना निरन्तर भइरहेको र कुनै समस्या नआएको मतदान अधिकृत चौधरीले बताइन् । उनका अनुसार अहिलेसम्म दुई हजार सात सय २९ मत गणना भएको छ । यस पालिकामा ६ हजार चार सय ८६ मत खसेको थियो ।

    images