बिहीबार , कार्तिक २० गते २०८३
images
images

साकेलामा २८ वर्षीय युवा वडाध्यक्षमा निर्वाचित

एक्सप्रेस पाना
जेठ १, २०७९ आइतबार
  • 276
    SHARES
  • साकेलामा २८ वर्षीय युवा वडाध्यक्षमा निर्वाचित

    जेष्ठ १ खोटाङ । जिल्लामा २८ वर्षीय युवा वडाध्यक्षमा निर्वाचित भएका छन् । साकेला गाउँपालिका–५ मात्तिममा कांग्रेसकातर्फबाट जीवन न्यौपाने (खत्री) वडाध्यक्षमा विजयी भएका हुन् । उनले १९७ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका सन्तोष राईले १७३ मत पाएका छन् । आइतबार घोषित परिणामअनुसार न्यौपानेको प्यानलबाट जयप्रकाश कट्वाल, हरिहर ढकाल र महिला सदस्य निर्मला राई चुनिएका छन् । दलित महिला सदस्य कविता बिक भने एमालेकातर्फबाट विजयी भएका छन् । 

    images

    न्यौपाने नेबिसंघको जिल्ला सदस्य, जिल्ला उपाध्यक्ष हुँदै केही समयअघि भएको कांग्रेसको १४ राष्ट्रिय महाधिबेसनमा प्रदेश प्रतिनिधि बनेका थिए । 

     

    images