बिहीबार , कार्तिक २० गते २०८३
images
images

काठमाडौं महानगर : बालेन शाहलाई २१३९ मत, आधा मतान्तरले पछ्याउँदै केशव स्थापित

एक्सप्रेस पाना
जेठ १, २०७९ आइतबार
  • 289
    SHARES
  • काठमाडौं महानगर : बालेन शाहलाई २१३९ मत, आधा मतान्तरले पछ्याउँदै केशव स्थापित

    जेष्ठ १ काठमाडौं । महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले आफ्नो अग्रता दोब्बरले बढाएका छन् । पछिल्लो समय १ बजे सार्वजनिक भएको मतपरिणामअनुसार बालेनले दुई हजार १३९ मत ल्याएर अग्रस्थानमा छन् । 

    images

    उनलाई पछ्याउँदै आएका एमालेका उम्मेदवार केशव स्थापितले एक हजार १९९ मत ल्याएका छन् । कांग्रेसकी सिर्जना सिंह एक हजार ५७ मत पाएर तेस्रो स्थानमा छिन् । 

    उपमेयरमा एमालेकी सुनिता डंगोल दुई हजार २३२ मतका साथ अग्र स्थानमा छिन् । उनलाई पछ्याउँदै एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ६४७ मत ल्याएका छन् । हलो चिन्हले हलो ५२१ मत पाएको छ । 

    images

    मेयरतर्फ ढल्केको छाता १, तराजु २८, हलो २३३, खड्ग ५, सुगा १, तीर ६, साँचो १, किताब ४, मकैको घोगा १, पुतली १, रिक्सा १, आँखीझ्यालले २२१ मत पाएका छन् । 

    उपमेयरतर्फ गोलाकारभित्रको हसिँया हथौडा दुई, ढल्केको छाता १, तराजु ९६, मादलले १ पाएका छन् । 

    काठमाडौं महानगरको मतगणना निकै ढिलाइ भइरहेको छ । मतगणनामा ढिलाइ भइरहेको भन्दै चौतर्फी गुनासो आएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले एक मतगणनास्थल थप गरेको छ । अहिले ३१ नम्बर वडाको पनि मतगणना भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

    योसँगै अहिले ६ ठाउँबाट मत गणना भइरहेको छ । अहिले वडा नम्बर १,२,३,४, ३१ र ३२ वडाको मत गणना एक साथ अघि बढिरहेको छ । केही वडाको मत गणना अन्तिम चरणमा पुगेको छ ।